प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने : डा शेखर
२०८० आश्विन २०, शनिबार १२:०५
प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा संचालन भएको सरकारले सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने डा शेखर काेइरालले बताए ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले भनेका छन् ।
डा शेखरले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नेछ साथै पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु जरुरी रहेको वताए ।
उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए ।
उनलेे भने प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने वताए ।
राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले बताए ।




