विराट मेडिकल टिचिङ कलेजका विद्यार्थीले प्रभात फेरि
२०८० आश्विन २३, मंगलवार ०७:१७
माेरङ , वर्ष २०२३ को विश्व मानसिक स्वास्थ दिवसको नारा ‘Mental health is a universal human right’ भन्ने नारा लगाएर विराट मेडिकल टिचिङ कलेजका विद्यार्थीले प्रभात फेरि गरेका छन् । यसको अर्थ चाँही मानसिक स्वास्थ लाई आधारभूत मानव अधिकारका रुपमा गरिएको परिभाषा भन्ने लाग्दछ ।
एउटा बालक बिहानैबाट स-साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन ।
शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइए जीवनको महत्व पनि बुझ्नु जरुरी छ




