इजरायलमा नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री साउद जाने
२०८० आश्विन २४, बुधबार १७:३६
सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने छन्
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्री आफैं जाने निर्णय गरेको छ ।
कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको साथै अन्य एयरलाइन्सवाट आए पनि टिकट भाडा तिर्नेछ ।




