भारतले नेपालसहित सात देशलाई चामलमा प्रतिबन्ध खुला
२०८० कार्तिक २, बिहीबार १२:५४
केही महिना अगाडिवाट भारत सरकारले चामल निर्यातमा राेक लगाएको थियो ।
भारत सरकारले आन्तरिक उत्पादन वढेसंगै चामलको निर्यातमा नेपाललाई ९५ हजार टन चामल निर्यात गर्ने गरी कोटा दिएको छ ।
भारतले नेपालसहित सात देशलाई कोटा तोकेर गैरबासमती चामल निर्यात गर्न दिने भएको छ। चामलमा प्रतिबन्ध लगाएको तीन महिनापछि कोटा लगाएर निर्यात खुला गरेको छ
भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना गरि कोटाअनुसारका चामल निर्यात गर्न दिने जनाएको छ ।
भारतले नेपाल सहित युएई, सिंगापुर, भुटान, मरिसस, सेनेगल, गाम्बिया, इन्डोनेसिया र मालीमा कोटा लगाएर निर्यात खुला गरेको छ।
भारतले १० लाख ३० हजार टन चामल यी सात देशलाई दिन लागेको छ




