विकास निर्माण गर्ने ठेक्काकाे लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी दसैं आजदेखि हुनेछ।

 भुक्तानी रकम शुक्रबारवाट हुने अर्थमन्त्रालयका अधिकारीहरूले बताए ।

गत आर्थिक वर्षमा नै काम सकेर बिल बुझाएको ६ अर्ब रूपैयाँ निर्माण व्यवसायीले पाएका थिएनन्। यसका लागि गर्नुपर्ने आवश्यक निर्णय अर्थमन्त्रालयले गरेर निकासी फुकुवाको लागि परिपत्र जारी गरिएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेको र निकासीको लागि परिपत्र जारी गरिएको अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा उपसचिव जगदिश उपाध्यायले वताए ।