नेपालमा आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौ)  १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक सफ्ट ड्रिंक आयात भयो ।

सरकारले ६० करोड राजस्व संकलन गरेकाे छ साथै भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ

गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ