प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् 

आज दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबार भेटवार्ता भएको छ ।

दुबै नेताहरूबीच समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

राजनीति तथा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र सत्ता प्रतिपक्षको सम्बन्ध सुधारका विषयमा पनि दाहाल ओलीबीच कुराकानी भएको छ ।