आज काेजाग्रत पूर्णिमा अर्थात बडादशैंकाे अन्तिम दिन, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाईंदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादशैं पर्व सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिपहालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि सकिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । यस वर्षकाे कोजाग्रत पूर्णिमा आजै परेकाे छ ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाटआशीर्वाद लिने क्रम आजैदेखि सकिन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । माता दुर्गाका तीन रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन सकिन्छ ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा आराधना गरिने भएकाले पूर्णिमा पर्वकाे विशेष महत्व छ ।पूर्णिमाका अवसरमा देशभरका शक्तिपिठमा भक्तजनकाे घुइँचाे लागेकाे छ । पूर्णिमाका अवसरमा विभिन्न ठाउँमा मेला समेत लाग्छ ।

सौभाग्य, सम्पत्ति र श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु हुन्छ । कात्तिक स्नान पनि आजैदेखि सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ ।

कार्तिक स्नान र आकाश दीप दान आरम्भ

कार्तिक स्नान र आकाश दीप दान आरम्भ बडा दसैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदै छ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारिक रूपमा बडा दसैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारिक रूपमा अन्त भएको छ । आजका दिन सन्ध्या कालमा घरघरमा दीप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ ।

 लक्ष्मीपूजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दीप बनाउँदा बाँसको लामो लिङ्गोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ती बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तीहरू श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तीहरू हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तीहरूका लस्करले समग्रगाउनै दुधिलो प्रकाशमा रङ्गिएको देखिन्छ । 

यी बत्तीहरूलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशे दीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवा तास खेल्ने चलन पनि आजको दिन प्राचीन कालबाटै सुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरी घरघरमा विशेष रूपमा विधीविधान पूर्याएर गरिने तुलसी पूजा पनि आजैदेखि सुरु भएको छ । यसरी कार्तिक स्नानको सुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कार्तिक स्नानको सुरुवात, आकाशेदिप प्रज्वलन आजबाट सुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्साउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरूपको अर्चना गरिँदै जाग्राम गरेर भजन कीर्तन गर्दै मनाइन्छ । अब हिउँद सुरु भइसक्यो, शीतका थोपाहरू खस्न थालेका अनि रातहरू छोटा हुन थालेका छन् ।