भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ 

समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताउनुभएको हो ।

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो । प्लान्ट स्रोतले गराएको जानकारी अनुसार, कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ

चन्द्रशेखरले भन्नुभयो, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आईफोन बनाउन सुरु गर्नेछ ।”