इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ ।

सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो । यो सुईले प्रयोगको अनुमतिसमेत पाएको छ ।

आईसीएमआरले यो सुईको कुनै साइड इफेक्ट नभएको र धेरै प्रभावकारी भएको दाबी पनि गरेको छ । सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स हो ।

क्लिनिकल परीक्षणहरू कसरी गरियो ?
यसको तेस्रो क्लिनिकल परीक्षणको नतिजा गत महिना मात्र एन्ड्रोलोजी जर्नलमा प्रकाशित भएको थियो । यो इन्जेक्सनले स्वीकृति प्राप्त गर्नु अघि तीन चरणको परीक्षणहरू पार गर्नुपरेको थियो ।

यस परीक्षणमा भारतका दिल्ली, उधमपुर, लुधियाना, जयपुर र खड़गपुरका मानिसहरूलाई समावेश गरिएको थियो । यस परीक्षणमा २५ देखि ४० वर्ष उमेरका ३ सय ३ स्वस्थ, यौन सक्रिय विवाहित पुरुष र उनीहरूका यौन सक्रिय पत्नीलाई पनि समावेश गरिएको थियो ।

परिवार नियोजन क्लिनिक र युरोलोजी विभागको सम्पर्कमा आएपछि मात्रै यी जोडीहरूलाई परीक्षणमा समावेश गरिएको थियोे ।