सरकारले भूकम्पबाट मृत्यु हुनेलाई दुई लाख दिने
२०८० कार्तिक १९, आईतवार १३:१५
सरकारले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु हुनेलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेको छ
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । उनले यो सहयोग पहिलो चरणको तत्काल राहत भएको बताए ।
त्यसैगरी मन्त्रिपरिषद्ले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धार र राहत कार्यलाई तीव्रता दिने र भूकम्पमा परी घाइते भएकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको बताइन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिम जिल्लामा एक सय ५७ जनाको मृत्यु भएको छ ।




