नेपाली कांग्रेसका सांसदहरुले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।

कांग्रेस संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले सांसदको १५ दिनको पारिश्रमिक भूकम्प पीडितको राहत, पुनःस्थापना र उपचारका लागि दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय तथा क्षतिप्रति नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिले दुःख व्यक्त गरेको छ । बैठकले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ