ग्लोबल आइएमई बैंकको डिसीईओमा सुमन पोखरेल नियुक्त
२०८० कार्तिक २०, सोमबार १३:४२
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डिसीईओ) मा सुमन पोखरेल नियुक्त गरिएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।
वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोखरेलले यसअघि आइएमई ग्रूपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहेर काम गरिसकेका छन् ।
उनले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको सीईओमा रहेर पनि काम गरिसकेका छन् ।




