विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ बुधबार राजधानीमा हुँदैछ । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतिष्ठित कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुनेछ ।

मिसेस वर्ल्ड २०२२ सरगम ​​कौशल मिसेस नेपाल वर्ल्ड २०२३ प्रतियोगितामा विशेष अतिथिका रूपमा शनिबार काठमाडौं आइपुगेकी छिन् । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई जोड दिँदै उनले पहिलो पटक नेपाल आउन पाउँदा उत्साहित भएको बताए ।

कौशलले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरूको मेहनती स्वभावको पनि प्रशंसा गर्दै मिसेस वर्ल्डमा आफ्नो भविष्यको सफलताको भविष्यवाणी गरे। प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गर्नेछिन् ।

प्रतियोगीमा कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, आइना गजुरेल, देवी थापा गुरुङ, प्रितिविया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिरजना केसी, पुनम कुमारी, पुनम कुमारी लगायत रहेका छन् । फाइनलमा मंगली सिलवाल, पविना श्रेष्ठ, सीता सुवेदी, सुस्मिता सिंह, निशा विष्ट, जेनी खड्का, सलोनी श्रेष्ठ र सरु आरएल राणा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा सन्दीप भुजेलको कोरियोग्राफी रहनेछ भने सम्राट शाह र गंगा महर्जनको संयोजन रहेको छ ।

प्रतियोगिताको विजेताले सन् २०२४ को जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ ।

 त्यसैगरी सोही प्रतियोगिताबाट मिसेस इन्टरनेशनल नेपाल र एमएस नेपाल इन्टरनेशनलका विजेताले सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकका अध्यक्ष निशु झाले बताए ।