असल विचार छर्दै ,समाजलाई राेग मुक्त गराउन सक्रिय 

नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड गरेका छन् ।

विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात २०८० असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड गरेका छन् ।

सामाजिक संझाल फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a Cardiovascular Health Awareness on Facebook) भन्ने शीर्षकमा डा.  ओममूर्ति ले गिनिज वर्ल्ड रेकर्डस् कायम गरे ।

असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।