थारु संस्कृतिको हुकेहुका महोत्सव हुँदै
२०८० कार्तिक २५, शनिबार १०:४८
थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले हुकेहुका महोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम उदयपुरको ज्यामिरेमा उदयपुर हुनेछ ।
नेपाल थारू संघ (समाजवादी) को आयोजनामा आज चौदण्डिगढी नगरपालिका-९ स्थित पश्चिमटोल, ज्यामिरेमा आज महोत्सव गर्नेछन् ।
महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमश: ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।




