सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णय गरेको छ ।

प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार टिकटक बन्द हुँदा नेपालको अप्टिकल फाइबर लगाएतका सूचना प्राविधि प्रशारण लाइन (आईवे) मा करिब ३० प्रतिशत लोडभार कम हुने भएको छ । नेपालको कूल खपत ब्याण्डविथ मध्ये सबैभन्दा धेरै हिस्सा अर्थात ३० प्रतिशत टिकटकको रहेको छ । टिकटक बन्द हुने भएपछि सो ब्याण्डविथ बचत हुने भएको हो ।

टिकटक बन्द हुँदा नेपालको इन्टरनेट प्रणालीमा राहत महसुस हुनेछ भने अन्तर्राष्ट्रिय ब्याण्डविथ बापत झण्डै तीन अर्ब रुपैयाँ बचत हुनेछ । हाल नेपालले मासिक ६० देखि ६५ लाख डलरसम्मको इन्टरनेट ब्याण्डविथ आयात गर्दै आएको छ ।

 यस वर्ष नेपाल टेलिकमले गत वर्षको तुलनामा सस्तोमा टाटासँग इन्टरनेटको ब्याण्डविथ किनेकोले यो रकम सस्तिएको कारण यति कम भएको हो ।

टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ३० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाउँदै आएको छ । अब सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेटको ब्याण्डविथको खपत पनि कम हुन जानेछ 

 इन्टरनेटको ब्याण्डविथ खपत न्यून भएसँगै अब सो बापत मासिक करिब २५ करोड रुपैयाँ जोगिने छ । हाल मासिक ८० देखि ९० करोड रुपैयाँ इन्टरनेट ब्याण्डविथको लागि खर्च हुँदै आएको छ । 

अब सो रकमको करिब ३० प्रतिशतले जोगिँदा बार्षिक तीन अर्ब भन्दा बढि बचत हुनसक्ने नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ ।