टिकटकमाथि बन्देजकाे निर्णयविरुद्ध सातवटा रिट
२०८० मंसिर १, शुक्रबार १३:००
सामाजिक संझालकाे अंग वनेकाे टिकटक बन्द प्रति जनस्तरबाट र राजनीति नेताले विराेधका स्वर चारैतर्फ वहस वनेकाे वेला सातवटा रिट निवेदनहरु दर्ता सर्वोच्च अदालत मा गरिएको छ ।
सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेकोछ
सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ गर्नेछन् ।
रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।




