मेडिकल र  नर्सिङ  कलेजमा नेपाली पढ्न नपाएको आराेप वढीरहेकाे वेला सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटक–पटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनको भनाइ थियो।

उनलेे  नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरू डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुनेगरी सो निर्णय लिएको पनि पटक–पटक दोहोर्‍याए।

मन्त्री वस्नेतले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालसँग सुझाव लिने काम शुरु गरिएको बताए। मन्त्री बस्नेतले ३ सयभन्दा बढी बेड भएका सरकारी अस्पतालमा भने एमबिबिएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरेका छन् ।