वन्यजन्तु चोरी, तस्करी रोक्न पहल गर्नुपर्छ : उपराष्ट्रपति यादव
२०८० मंसिर ९, शनिबार २१:४५
उपराष्ट्रपति रामसहयप्रसाद यादवले गैँडा र बाघको चोरी तथा तस्करीमा बृद्धि हुनु दुःखद् कुरा भएको बताए ।
नेपाल वनपाल संघको ४९औँ स्थापना दिवस तथा २९औँ महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले गैँडा, बाघ चोरी र तस्करीका घटना बढ्दै गएकोमा दुःख व्यक्त गरेका हुन् ।
“मानव-वन्यजन्तु द्वन्द्व अध्ययन, अनुसन्धान र द्रुत व्यवस्थापनको दिगो समाधानको लागि द्वन्द्वका घटनाहरूले वन्यजन्तु र वनको बारेमा मानिसहरूमा नकारात्मक प्रभाव पार्छ।” उपराष्ट्रपतिले थपे, “गैँडा, बाघ चोरी र तस्करीका घटना बढ्दै जानु दुःखद् कुरा हो, वन्यजन्तु चोरी र तस्करी रोक्न सरकार र वनपालले आवश्यक कदम चाल्नुपर्छ।”




