सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने गरेका छन् । नयाँ वर्ष २०८० वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले वताए ।

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति  गठन भएको छ । साे निर्देशक समितिको पहिलो बैठक आज बसेको हो। समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जनाए ।

यस लगानी सम्मेलनका लागि तयारी सुरू भएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ, डा महतले वताएका हुन् ।