वडाअध्यक्षलाई घरमा थुनेर राती आगजनी गरे
२०८० मंसिर १७, आईतवार २१:१८
पुर्वी पाहाडमा रहेको वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेका छन् ।
वडा अध्यक्ष गुरागाई धनकुटाको पाख्रिबास नगरपालिका–६ मा निर्वाचित भएका हुन् ।
वडा अध्यक्ष राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाईयाे ।
रातमा सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको थियोे भनेर वडा अध्यक्षले जानकारी दिएका छन् ।
यस घटना कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको यस घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जनाए




