उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
२०८० मंसिर २०, बुधबार ०९:३१
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
उनको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सघन उपचार कक्षमा राखेर डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार सुरु गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार दिउँसो अस्पताल पुगेका थिए ।
यसअघि गत असोज १७–१८ मा चीन भ्रमणमा रहेका बेला अचानक हृदयघातको समस्या आएपछि मन्त्री श्रेष्ठको उपचार गराएका थिए ।




