संयुक्त राष्ट्रसंघको महासभाले रूसी सेनालाई युक्रेनबाट तत्काल हटाउन आह्वान गरेकाे छ । युक्रेनमाथि रूसी आक्रमणको युद्ध भएको एक वर्ष पूरा भयो । । राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्तावसमेत बहुमतले पारित गर्दै रूसलाई सेना हटाउन आह्वान गरेको हाे ।

युक्रेनबाट तत्काल रूसी सेना हटाउनुपर्ने प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ राष्ट्रले मतदान गरेका थिए ।

रूसी आक्रमणमा करिब सात हजार युक्रेनी नागरिक मारिएकाे अनुमान गरिन्छ । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ ।