नेपाल–श्रीलंका संयुक्त आयोग (जेसी)को पहिलो बैठकमा सहभागी हुन श्रीलंकाका परराष्ट्रमन्त्री एमयुएम अली साब्री यही डिसेम्बर २० देखि २३ सम्म नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।

जेसीको बैठक यही डिसेम्बर २१ र २२ गते काठमाडौंमा बस्ने नेपाल परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

जेसी बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्नेछन् । दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलंकाका विदेशमन्त्री २३ डिसेम्बरमा काठमाडौंबाट कोलम्बो प्रस्थान गर्नेछन् ।