सरकारले स्वस्थ्य विमालाइ सहज ,व्यवस्थित र दिगाे गराउन स्वास्थ्य बिमा बोर्डले  सह-भुक्तानी प्रणाली लागू गर्नेछ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले (विमित) तिर्नुपर्नेछ ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह-भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा हुदैछ ।

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनस्थापना सेवामा सह-भुक्तानी प्रणाली लागू हुनेछ । 

कार्यविधिअनुसार लक्षित वर्गका बिमित, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा भने सह-भुक्तानी प्रणाली लागु हुने छैन् ।