राष्ट्रियसभाका उम्मेदवारले चुनाव चिन्ह
२०८० पुष २८, शनिबार २१:२६
राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय समाचार समितिले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराएको जानकारी दिए ।
आठ राजनीतिक दलका कूल ५१ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनका लागि कोशी प्रदेश र मधेस प्रदेशमा पाँच–पाँच, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा आठ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छ–६ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ




