जर्मन चान्सलरले २ दिने भारत भ्रमणमा आए
२०७९ फाल्गुन १३, शनिबार २१:०१
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनको प्रांगणमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई औपचारिक स्वागत गरेका थिए। कार्यक्रममा उनले प्रधानमन्त्री मोदी र अन्य मन्त्रीहरूसँग भेट गरे।
जर्मन चान्सलर ओलाफ स्कोल्ज समग्र द्विपक्षीय सम्बन्ध विस्तार गर्न र युक्रेन द्वन्द्वबारे छलफल गर्ने उद्देश्यले दुई दिने भारत भ्रमणको लागि नयाँ दिल्ली आइपुगेका छन्। जर्मन नेतालाई विमानस्थलमा केन्द्रीय अर्थ राज्यमन्त्री पंकज चौधरीले स्वागत गरेका थिए ।





