सहिद परिवारकाे सहयोग पुर्याउन मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ। 

बलिदानी दिवसका अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ प्रदानका छन् ।

प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाईपनि उनिहरूको शारीरिक अवस्था हरेर अवस्था हेरेर १ देखि २ लाख रुपैयाँ प्रदान गर्‍यो। यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १/१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो।