कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको समग्र सुरक्षाबारे छलफल
२०८० माघ ५, शुक्रबार २१:२७
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज प्रमुख पदाधिकारीसँग देशको समग्र अवस्थाका बारेमा छलफल गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहभागितामा बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल; प्रधानसेनापति प्रभुराम शर्मा; गृहसचिव दिनेश भट्टराई; कार्यवाहक रक्षा सचिव; नेपाल प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल लगायतसंग छलफल गरेका छन् ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई आगामी माघ १५ गते हुने राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा तयारी र समग्र सुरक्षा अवस्थाबारे अधिकारीहरूले जानकारी गराएका थिए ।
कार्यवाहक प्रधानमन्त्रीले विशेष गरी आगामी प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै तत्काल र भरपर्दो सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सुरक्षा बहुआयामिक पक्ष भएकाले त्यसलाई विशेष ध्यान दिएर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले निर्वाचनका सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे




