प्रदेशको नामाकरणमा विवाद गरि आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीकाे नेतृत्वमा रहेको सरकारद्वारा वार्ता समिति गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले  भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा  तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् 

अन्यमा सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने छन् भनेर 

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले वताए ।

सरकारका प्रवक्ता राइले समितिले प्रदेश नामको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरसँग वार्ता समितिले वार्ता गरिनेछ भनी वताएका छन् ।

वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने छ भनेर वताए ।

साथै आजको  मन्त्रीपरिषद् बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिक संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए ।