काेशी प्रदेश सरकारले भाेली साेमवारवाट शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालन गरिने भएको छ ।

कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीकाे नेतृत्वमा रहेको सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गरिनेछ ।

साे अस्पताललाइ  प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस  वरिष्ठ नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा उद्घाटन गरिनेछ ।

 उक्त अस्पताल सञ्चालनका निमित्त आवश्यक चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा. सुधा देवकोटाले जनाईन् ।

 काठमाडौं उपत्यका बाहिर विराटनगरमा हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त स्वास्थ्य संस्था रहनेछ ।