विराटनगरमा हृदयरोग केन्द्र अस्पतालको उद्घाटन
२०८० माघ ८, सोमबार १५:१०
काेसी प्रदेश सरकारका मुख्य मन्त्री केदार कार्की नेतृत्व गरेको सरकारकाे सय दिन भित्रमा शैलजा आचार्य हृदयरोग केन्द्र अस्पतालको आज उद्घाटन भएको छ ।
साे शैलजा आचार्य हृदयरोग केन्द्रकाे उदघाटन कोशी प्रदेश प्रमुख परशुराम खापुङ्, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा गरेका छन् ।
उक्त अवसरमा काग्रेसका वरिष्ठ नेता डा शेखर काेईरालाले हृदयरोग केन्द्र शैलजा आचार्यकाे नाम स्थापना हुनु ,दिदी प्रति उच्च सम्मान रहनेछ साथै अस्पतालबाट मुटु राेगकाे सर्वसुलभ उपचार प्रदेशवासी पाउनेछन् र यस केन्द्रलाई प्रतिष्ठानकाे रूपमा अगाडि वढाउनुपर्ने पनि वताए
उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशमा करिब ७ लाख मुटु सम्वन्धित राेगी रहेका छन् तिनको मुटुको सुरक्षा गर्ने दाहित्व वहन गर्दै यस केन्द्र स्थापना भएको हाे ।काठमाडाै धाउनुपर्ने वाध्यता अत्य पनि भएको वताए । उनलेे सरकारले महिला नेतृ शैलजा आचार्यले समाजमा पुर्याएकाे याेगदानकाे पनि चर्चा गरेका छन् ।
मुटुराेगका वरिष्ठत डा भगवान काेईरालाले काठमाडौं भन्दा बाहिर पनि मुटुको उपचार गराउने चाहनालाई प्रदेश सरकारले उत्साहित हुदै गरेकोमा खुशी व्यक्त गरेका छन् । उनलेे मान्छे ,पैसा र व्यवस्थापन सहि उचित भए त्यो दिर्घकाल सम्म सहजै चल्ने वताए ।
प्रदेश स्वास्थ सचिव डा सुधा देवकोटाले यस उपचार केन्द्रबाट काेशी प्रदेश ,मधेस प्रदेश र भारतीय जनतालाई सेवा पुर्याउन सक्नेछ भनेकि छिन् ।
सभामा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्, पुर्व मुख्यमन्त्री उद्धव थापा, बरिष्ठ चिकित्सक- डा भुपेन्द्र बस्नेत, डा लोचन कार्कि , डा अनिल कार्की, डा ज्ञानेन्द्रमान सिंह कार्की लगायतकाे सर्वसाधारणको उपस्थिति रहेकाे थियो ।





