पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषदले पुर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरिएको छ 

 आज विराटनगरमा परिषद्ले आयोजना गरेको सभामा  नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला र परिषद् अध्यक्ष प्रा कविराज न्याैपानेले  उहाँलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

साे अवसरमा नेता शेखर कोइरालाले संविधानले दिएको अधिकार कार्यान्वयन हुन नसक्दा सङ्घीयतामाथि चौतर्फी प्रहार भइरहेको त्यसलाई हटाउनुपर्ने आवश्यक रहेको वताए ।

सम्मानित व्यक्तित्व पूर्व प्रधानन्यायाधीश श्रेष्ठले राणाकालीन अवस्थामा विद्रोह गरेर प्रजातन्त्र स्थापनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने पिताजी कृष्णप्रसाद कोइरालाको नाममा पाएको सम्मानले आफूलाई हर्षित हुदै परिषद् प्रति आभार व्यक्त गरे साथै मुलुकलाई समृद्धि तिर उन्मुख गराउन सबैकाे सक्रिय भुमिका रहने वताए ।

परिषद् अध्यक्ष कविराज न्याैपानेले पिताजी कृष्णप्रसाद कोइरालाले राणाकालीन अवस्थामा राणाहरूसँग विद्रोह गरेकै कारण नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना  गरि चेतनाकाे उज्यालो देखाए वताउनु भयो । उहाँले समाजकाे  आर्थिकसामाजिक  परिवर्तनका बाटो अपनाएर गलत कुरामा असहमति जनाउँदै पिताजीले राणासँग विद्रोह गरे झै परिषद्ले उहाँ विचार गाउँ गाउँ पुर्‍याउने पनि वताउनुभएकाेछ ।

उक्त कार्यक्रमम मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्ती माझी, बिराटनगर महानगरका मेयर नागेश कोइराला, बुढीगंगा गाँउपालिका अध्यक्ष जितनारायण थापा मगर ,नेकपा एसका पोलिटब्युरो सदस्य महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, डिएलएका निबर्तमान अध्यक्ष योगेन्द्र अधिकारी, अन्तराष्ट्रिय चेम्बर अफ कमर्शका महासचिव नरेश श्रेष्ठ लगायत उपस्थिति रहेको सचिव दिनेश सुवेदीले जनाए