प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वार्षिक बजेट परम्परागत नीति तथा कार्यक्रमका साथै बजेट विनियोजनको ढाँचाले समस्या समाधान नहुने भएकाले चलिरहेका आयोजना सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् ।

सिंहदरबारमा आयोजित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

विकास योजनाबद्ध हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले अधुरा रहेका आयोजनालाई पूरा गर्न सबै बल केन्द्रित हुनुपर्नेमा जोड दिए ।

‘अर्थतन्त्रका परिसूचकहरू सकारात्मक भए पनि हाम्रो अर्थतन्त्र दबाबमुक्त छैन, विकासका काममा धेरै विसंगति छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक परम्परागत सोच र शैलीबाट माथि उठ्नुपर्छ । सबैलाई खुसी बनाउन होइन देशलाई समृद्ध बनाउने काम पूरा गरौँ र यसपटक हामीले सफलता हासिल गर्नुपर्छ ।”

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व परिचालन अपेक्षित रूपमा सफल हुन नसकेकोले आर्थिक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो