राष्ट्रपतिले माघ २२ गते संसद बैठक आह्वान
२०८० माघ १०, बुधबार १७:५५
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही माघ २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा आह्वान गर्नुभएको छ ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ २२ अपराह्न ४ बजे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयले बुधबार सो जानकारी दिएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्ले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।




