बेलायती सेनाका लेफ्टिनेन्ट जनरल तथा गोर्खाका कर्नेल कमाण्डेन्ट ब्रिगेड रिचार्ड वार्डलाओ ओबीईले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिगेडको वर्ष २०२३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्व शान्ति, स्थायित्व र स्वतन्त्रताको प्रवद्र्धन नेपाल र बेलायतको सामूहिक लक्ष्य भएको र त्यसका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

गोर्खा रेजिमेन्टलाई नेपाल र बेलायतबीचको सम्पर्क प्रवर्द्धन गर्ने साधन भएको बताउँदै राष्ट्रपतिले भूतपूर्व बेलायती सेनाका मुद्दामा बेलायतले उदारतापूर्वक कूटनीतिक पहल गर्ने र यस विषयलाई सौहार्दपूर्ण ढंगले समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिवेदन प्रस्तुत गर्दै वार्डलले गोर्खा सेनाको व्यावसायिकता, समर्पण र योग्यतालाई बेलायतले मात्र नभई विश्वले नै मान्यता दिएको र बेलायती गोर्खाहरू रहेसम्म उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उत्कृष्ट राजदूतका रूपमा काम गर्ने बताए ।

विश्वलाई सुरक्षित बनाउन गोर्खाहरूको ब्रिगेडले महत्वपूर्ण योगदान पुर्‍याएको र अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारितालाई निरन्तरता दिइरहेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रोब फेन पनि उपस्थित थिए