कोशीमा फ्लोर क्रसिङले सत्तारुढ गठबन्धनलाई गम्भीर चिन्ता
२०८० माघ १६, मंगलवार २१:२९
कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको फ्लोर क्रसिङको विषयलाई सत्तारुढ गठबन्धनले गम्भिरतापूर्वक लिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा सत्तारुढ गठबन्धनले कोशीमा फ्लोर क्रसिङको गम्भीर घटनालाई विशेष ध्यान दिँदै राष्ट्रियसभा निर्वाचनको नतिजाबारे छलफल सुरु गरेको हो ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनले राष्ट्रियसभा निर्वाचनको नतिजालाई राम्ररी समीक्षा गरेको र कोशी प्रदेशको एउटा सिट गुमाएकोमा गम्भीर चिन्ता व्यक्त गरेको जानकारी दिए ।
बैठकमा निर्वाचनको नतिजासँगै राष्ट्रिय सभाको अध्यक्ष चयन, भावी राजनीतिक एजेण्डालगायत अन्य सान्दर्भिक विषयमा पनि छलफल भएको लेखकले बताए ।




