पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय गरिएको छ ।

पदमा रहदा  पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खान दम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको छ ।

सरकार संचालन गर्दा राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सजाय गरेको थियोे  ।

सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । इमरान खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको वताउदैछन् ।

पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो । उहाँलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ ।