प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले शनिबार सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका छन्

उक्त अस्पताल करिब रु १८ करोडको लागतमा वनेकाे हाे  अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।