आज विश्व क्यान्सर दिवसको अवसरमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला , कलाकार मदन कृष्ण श्रेष्ठ र डा ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्तरूपमा  उद्घाटन गर्नुभएको छ ।

साे अवसरमा डा काेईरालाले “क्यान्सर राेगवाट मेरो परिवारका धेरै सदस्य गुमाएको छु ,यसको उपचार महङ्गो र जटिल रहेको छ साथै सरकारले उपलब्ध गराउने रकम यस्काे उपचारमा पिनट्स जस्तै मात्रै रहेको छ । यस संस्थाकाे गतिविधिले देशकै केही गर्दा हुने आशावादी वनाएकाे वताए “

यस इन्स्टिच्युटको प्रेसिडेन्ट डा कार्कीले क्यान्सर रोग उपचारको पहुँचको दुरीलाई घटाउँदै जाने सङ्कल्पसहित क्यान्सर बिरामीको उपचार गराउनेछ सक्षम रहेको वताए साथै जोखिमलाई बेलैमा पहिचान र प्रमाणित गरि रोकथाम र उपचारको पहुँचलाई प्रभावकारी बनाउन सके ३० देखि ५० प्रतिशत यो रोगको रोकथाम गर्न सकिने डा.कार्कीले बताउनुभयो ।

क्यान्सर सम्बन्धि जनचेतनाको विकास गर्दै रोगीकाे उपचारमा इन्स्टिच्युट सधैं गतिशील हुने आशा जगाएकाे इन्स्टिच्युटका कानुनी सल्लाहकार अधिवक्ता काशीनाथ चुडालले वताए ।

उक्त इन्स्टिच्युट विराटनगर नजिकै बुढीगंगा गाउँपालिका ,टकिसिनवारीमा रहेको छ ।