सरकार नेतृत्व गरेको चार महिना पछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारलाई पूर्णता दिए ।

उनलेे चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका छन् ।

आज मुख्यमन्त्री कार्कीले चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन् जहाँआर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखे ।

माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन्

माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । 

नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भए साथै 

कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । 

काग्रेसका सांसद इन्दिरा थापा र  सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् ।