भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले गरिबको पहिचान गरी परिचयपत्र वितरण गरिरहेको बताउनुभएको छ ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले गरिबलाई सोही आधारमा परिचयपत्र र परिचयपत्रमा वर्गीकरण गरिएको जानकारी दिए ।

‘अहिले गरिबलाई परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाइनेछ,’ उनले गरिबी निवारणका लागि सरकार सक्रिय रुपमा लागिरहेको बताए ।

भूमिहीन सुकुम्वासीलाई जग्गा बाँडफाँटका लागि भूमि आयोगले पनि काम गरिरहेको उनले बताए ।