मधेस प्रदेशका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत
२०८० फाल्गुन ६, आईतवार २०:०६
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाउनुभयो ।
यसका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । जनमत पार्टीले गत माघ १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले फ्लोर टेस्टको सामना गरिरहेका थियोे ।
कुनै पनि दलले सरकार छोडेमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत जित्नका लागि प्रदेशसभाका कुल १०७ सदस्यमध्ये ५४ सदस्यको समर्थन आवश्यक छ ।
सभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) को २३, नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टीको १८, जनता पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ९ सदस्य छन् । नेकपा (एकीकृत समाजवादी) का प्रत्येक सात सदस्य छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् । तीन सदस्य स्वतन्त्र छन् ।
मधेस प्रदेश सरकार जनता समाजवादी पार्टीको नेतृत्वमा छ । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारमा छन् ।
सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका यी चार दलका ६५ सदस्यको समर्थन छ




