छिमेकी देशमा भारतमा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको जनाएको छ ।

 कांग्रेस प्रवक्ता अजय माकनले शुक्रबार पत्रकार सम्मेलन गरी बैंक खाता रोक्का गरिएको जानकारी दिए

आयकर विभागले आर्थिक वर्ष २०१८/१९का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारतीय रुपैयाँको भुक्तानी माग गरेको माकनले जानकारी दिए । उनले पार्टीले त्यस्तो जरिवाना तिर्न नपर्ने भन्दै पार्टीलाई किनारा लगाउने उद्देश्यले बैंक खाता रोक्का गरिदिएको दाबी गरेकाे छ