बैंङ्किङ कसूर तथा सजाय अध्यादेश स्वीकृत
२०८० फाल्गुन ६, आईतवार २०:४३
प्रतिनिधिसभाको आजको बैठकले बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अध्यादेश पेस गरेका हुन् ।
यसअघि सांसद प्रेम सुवालले अध्यादेश खारेज गर्न राखेको प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो ।
सांसद सुवालको प्रस्ताव तल्लो सदनको बहुमतले अस्वीकृत भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ १ गते बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २ अध्यादेश, २०८० जारी गरेका थिए ।
अध्यादेशले सरकारका सिद्धान्त र प्राथमिकता पेश गर्ने ढोका खोलेको थियो । फागुन अन्तिम साता संसदमा बजेट यसअघि बजेटको सीमा तोक्ने समयसीमा पनि अध्यादेशमार्फत परिमार्जन गरिएको थियो ।
अध्यादेशको स्वीकृतिले सरकारले विनियोजन विधेयक पेश गर्नुभन्दा तीन महिनाअघि सरकारको बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्न सक्नेछ ।
यसअघि विधेयक पेस हुनुभन्दा कम्तिमा १५ दिनअघिको समय थियो ।
त्यसैगरी, सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताका बारेमा सांसदहरूले अब ३० दिनको समय पाउनेछन् । यसअघि सांसदले संसदमा पेस गरेको ७ दिनभित्र गर्नुपर्ने व्यवस्था थियो ।




