पैचिङ्ग ओपेराको इतिहास
२०८० फाल्गुन ९, बुधबार १२:०३
पैचिङ्ग ओपेरा पैचिङ्गमा उत्पन्न भएकाले यसलाई पैचिङ्ग ओपेरा भनिन्छ।
पैचिङ्ग ओपेराको इतिहास दुइ सय वर्षभन्दा पनि पूरानो छ। अठारौं शताद्बिमा चीनको दक्षिणी भागमा केही स्थानीय ओपेरा, खास गरी“व्है”नामक ओपेरा निकै प्रचलित थियो। सन् १९७० मा छिङ्ग वंशका सम्राटको जन्म दिनका उपलक्ष्यमा प्रदर्शन गर्न व्है ओपेराको पहिलो टोली पैचिङ्ग आएको थियो। त्यसपछि व्है ओपेराका धेरै टोली राजधानी पैचिङ आएका थिए। राजधानीमा आएपछि व्है ओपेरामा पैचिङ्गका अन्य स्थानीय ओपेराबाट धेरै कुरा थपिएकाले त्यो छिटै विकसित भयो। उन्नाइसौं सताव्दीको अन्त्यदेखि बीसौं शताव्दीको प्रारम्भसम्ममा पैचिङ्ग ओपेरा विकसित भएको थियो। र त्यो चीनको सबैभन्दा ठूलो ओपेरा बन्नपुग्यो।
पैचिङ्ग ओपेराको कार्यक्रम प्रशस्त छ। यसका कलाकार तथा
दर्शकहरुको संख्या, यसको विस्तार र प्रभावका दृष्टिकोणले यो अरु ओपेराको तुलनामा चीनमा अग्रस्थानमा रहेको छ।
पैचिङ्ग ओपेरा एक किसिमको मिलिजुली कला हो। यसका अभिनेता-अभिनेत्रीहरु गायन, नाच, वाक कला, प्रदर्शन र कोङ्ग फु आदि सबै पक्षमा निपूर्ण हुनुपर्छ। पात्रहरुले माथि बयान गरिएका तरिकाबाट कथाको बयान गर्छन्। पैचिङ्ग ओपेरामा पात्रहरुलाई, खासगरी“शन्”(लोग्ने मान्छे), दान्(स्वास्नी मान्छे), “चिन्”(लोग्ने मान्छे),“छौ”(लाग्ने मान्छे र स्वास्नी मान्छे) यी चार थरिका विभाजित गरिन्छ। “शन्”लाई “लाउ शन् ”र “सिआउ शन्”मा विभाजित गरिन्छ। अर्थात“लाउ शन”भनेको बूढो मानिस हो। र “सिआउ शन्”भनेको जवान हो। लाउ शनले परिपक्व प्रौढ पुरुषको अभिनय गर्छ। अथवा लाउ शन् धेरैजसो राजा, जनरल र अधिकारीको रुपमा अभिनय गर्छ। सिआउ शनले धेरैजसो जवान केटाको अभिनय गर्छ।“दान्”लाई“छिङ्ग ई”, “वु दान्” र “व्हा दान्” विभाजित गरिन्छ।“छिङ्ग ई” भनेको प्रौढ महिला हो।
पैचिङ्ग ओपेरा प्रदर्शन गर्दा अभिनेता र अभिनेत्रीको अनुहारमा थरि-थरिका रंग लगाउनु पर्छ। अनुहारमा लगाइएका रंगबाट अभिनेता र अभिनेत्रीको भावना, गुण-स्तर र भाग्य दर्शकहरुलाई प्रदर्शित गरिन्छ। पेचिङ्ग ओपेरामा अभिनेता र अभिनेत्रीको अनुहारमा लगाइएको रंग हेरेर यो मान्छे ओपेरामा कस्तो किसिमको मान्छे हो भनेर छुट्याउन सकिन्छ। यो पात्र छुच्चो छ कि उदार, राम्रो छ कि नराम्रो, असल छ कि खराब, ठूलो छ कि सानो भन्ने कुरा रंगका आधारमा छुट्ट्याइन्छ।
साधारणतया रातो अनुहार बनाइएको पात्रले असल व्यक्तिको अभभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूर-बीर हुन्छ। बैजनी रंग लगाएको पात्रले शूर-बीर र चलाक व्यक्तिको अभिनय गर्छ। कालो अनुहार बनाइएको पात्रले सोझो र इमानदार व्यक्तिको अभिनय गर्छ। निलो अनुहार बनाइएको पात्रले बहादूरको अभिनय गर्छ। पहेंलो र सेतो अनुहार बनाएका पात्रको स्वभाव निरंकुश हुन्छ। सुनौलो र चाँदिको रंग बनाइएको पात्रले धेरैजसो देवता र राक्षसको अभिनय गर्छ।





