लघुवित्त पीडितहरू भवन परिसरमा नाराबाजी
२०८० फाल्गुन १४, सोमबार २०:५७
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेका बेला लघुवित्त पीडितहरू भवन परिसरमा प्रवेश गरी नाराबाजी गरेका छन् ।
संसद भवन छेउछाउ पनि निशेधीत क्षेत्र रहेको छ । भवनमा पनि पास विना प्रवेश छैन । यस्तो अवस्था पिडितहरू संसद भवन भित्रै प्रवेश गरि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले सुतेर विरोध गरेका थिए। संसद भवनभित्रै प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा ४० जना बढि प्रदर्शनकारी पक्राउ परेका थिए।
विभिन्न जिल्लाबाट पैदलै हिँडेर केहि दिनअघि काठमाडौं आएका उनीहरूले राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।




