नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले सोमबार सपथ लिने
२०८० फाल्गुन १७, बिहीबार २१:५७
राष्ट्रियसभा निर्वाचनमा नवनिर्वाचित १९ जना उम्मेदवारले सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
सातवटै प्रदेशका निर्वाचित जनप्रतिनिधिलाई सोमबार सपथ लिनुपर्ने भन्दै संघीय संसद् सचिवालयबाट बोलाइएको छ ।
यसअघि निर्वाचित राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आइतबार सकिँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले म्याद सकिँदै गरेको कार्यकाल पूरा गर्नका लागि २० मध्ये एक जना प्रतिनिधिलाई मनोनयन गर्ने भएका छन् ।
यसैबीच, राष्ट्रिय सभा रिक्त हुने गरी अध्यक्ष चयनको तयारीमा जुटेको छ ।




