नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चितवनको नारायणी नदी किनारमा आज आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकले त्रिस्तम्भीय आर्थिक नीति अपनाएकाले पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

उनले कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रमा भइरहेका गतिविधिले पर्यटन क्षेत्रको पुनरुत्थान हुने बताए ।

पूर्वप्रधानमन्त्री देउवाले ‘भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका साथै पर्यटक बढाएर देशको आर्थिक विकासमा टेवा पुग्ने’ उल्लेख गर्दै वर्तमान सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने बताए ।

भरतपुर देशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै उनले भरतपुर महानगरपालिकामा पर्यटन विकासका लागि पर्याप्त पूर्वाधार रहेको बताए ।

जैविक विविधता, पर्यावरण पर्यटन, स्वास्थ्य, कृषि र पर्यटनको विकासका कारण भरतपुर जिल्लाको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित भएको राष्ट्रपति देउवाले बताउनुभयो